दफा ३२
मुद्दा सर्ने
यो ऐन प्रारम्भ भएका बखत जिल्ला अदालत र उच्च अदालतमा छिन्न बाँकी रहेका यस ऐनको अधिकार क्षेत्रभित्र पर्ने ऋण सम्वन्धी मुद्दा सम्वन्धित न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा सर्नेछन् ।